सातौँ पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवको तयारी पूरा, भोली उद्घाटन हुने

| २०८० फागुन २३ गते २३: १० मा प्रकाशित

पाणिनी पर्यटन समाजको आयोजनामा यही फागुन २४ देखि २८ गतेसम्म पाणिनी गाउँपालिका कुरुलेफांटमा हुन गइरहेको मेलाको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष झबिन सुनामले जानकारी दिए ।  

महोत्सवको बिहिवार (भोलि) उद्घाटन हुँदै छ । महोत्तरीको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सांसद रामजी प्रसाद घिमिरेले गर्ने कार्यक्रम रहेको छ । 

महोत्सवको पहिलो दिन उद्घाटन तथा विभिन्न झाँकी, लोक भजन, भलिबल प्रतियोगिताको उद्घाटन, स्थानीय कलाकारहरूको प्रस्तुती रहने अध्यक्ष सुनामले जानकारी दिए । उनका अनुसार २५ गतेबाट राष्ट्रिय कलाकारहरूको आगमन तथा प्रस्तुति रहने छ ।

पाणिनि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन वृद्धि गर्न एवं स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको मेलामा ३० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । 

महोत्सवको लागि प्रवेश शुल्क समेत तय गरिएको छ । साधारण तर्फ रु १०० विद्यार्थीहरूको लागि ७० रुपैयाँ तथा ७० वर्ष कटेका ज्येष्ठ नागरिक र अपाङ्गहरूका लागि भने प्रवेश निशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्