गाउँपालिका स्तरीय भजन प्रतियोगितामा पाणिनि ४ पटौटी चौराहाको रातापानि भजन समूह प्रथम

| २०८० फागुन २८ गते २२: ०५ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। गाउँपालिका स्तरीय भजन प्रतियोगितामा पाणिनि ४ पटौटी चौराहाको रातापानि भजन समूह प्रथम भएको छ । 

सातौँ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सवको अवसरमा आयोजित लोकभजन प्रतियोगितामा रातापानि भजन समूह प्रथम भएको हो । प्रथम भएसँगै सो समुहले नगद १५ हजार सहित ट्रफि र प्रमाणपत्र पनि प्राप्त गरेको छ । 

यस्तै आज भएको प्रतियोगितामा उपल्ला पटौटिको भजन समुह द्धितिय , अडगुरी भजन मण्डली तृतिय र पणेनाको भजन समुह शान्त्वना भएको छ।

प्रतिक्रिया दिनुहोस्