अर्घाखाँचीमा गायिका एलिना चौहानको दमदार प्रस्तुति

| २०८० फागुन २८ गते ००: ०६ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची। अर्घाखाँचीमा गायिका एलिना चौहानको दमदार प्रस्तुति रहेको छ । 

सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको   पाँचौ दिन सोमबार गायिका एलिना चौहानको दमदार प्रस्तुति रहेको हो। 

पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानको कट्टा हान्दिन्छु गीतमा उपस्थित भाइ बहिनीहरु  मज्जाले झुमेका थिए। 

उनका बजारमा आएका म्युजिक भिडियो धोकेबाज हौ तिमी, मिनरल वाटर, कट्टा हान्दिन्छु गीत मार्फत विश्वभर चर्चामा छिन्  ।

"हाम्रो पाणिनी राम्रो पाणिनी, भाषा, कला र संस्कृतीको समृद्ध पाणिनी" नारा सहित सातौ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सव-२०८० फाल्गुन २४ गते देखी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्