बेल्टारीको औवले टोलमा १७ बर्षिया किशोरीद्वारा झु'ण्डि'ए'र आ'त्म'ह'त्या

| २०७८ मंसिर ४ गते १५: १८ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० को बेल्टारी औवले टोलमा एक किशोरीले झु'न्डि'ए'र आ'त्म'ह'त्या गरेकी छन्। 

आ'त्मह'त्या गर्नेमा सन्धिखर्क १० को बेल्टारी रानाटोला माथि पट्टि रहेको औवलेटोल निवासी फुंक बहादुर नेपाली की १७ बर्षिया छोरी पुष्पा नेपाली रहेकी छिन। मृतक नेपाली जनज्योति उच्च मा.बि.मा कक्षा १२ मा अध्यनरत रहेकी थिइन्। 

हिंजो साँझ खाना खाएर घर नजिकै रहेंको थाराको कोठामा सुत्न गएकी पुष्पा नेपाली आज बिहान ढिला सम्म न उठेपछि निजकी भाउजु उनि सुतेको कोठामा उठाउँन जाँदा रस्सिको साहयताले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला पारेकी थीइन।

१७ बर्षिया पुष्पा नेपालीले के कारणले आ'त्म'ह'त्या गरिन भन्ने बिषयमा अझै पुष्टि हुन् सकेको छैन।नेपाल प्रहरी द्वारा घटनाको थप सत्य तथ्य अनुसन्धान भईरहेकों घटनास्थल बाट अर्घाखाँचीबुलेटिन का प्रतिनिधि पिताम्बर थापाले जानकारी दिएका छन्। 

नेपाल प्रहरी ले घटनाको मुचुल्का उठाईसकेपछि मृतक पुष्पा नेपालीको शवलाई पोष्टमार्टम का लागी अर्घाखाँची अस्पताल पठाईएको खबर प्राप्त भएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्