गठबन्धनले देशलाइ आर्थिक टाट पल्टाए: उज्ज्वल खड्का

| २०७८ चैत २९ गते १८: ०० मा प्रकाशित

गणेश खनाल।नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले देशलाई आर्थिक हिसावले टाट पल्टिने अवस्था रहेकाे बताउनुभयाे ।

गठबन्धन दलले देश र राष्टकाे उन्नति भन्दा अासेपासे पाेषणमा ध्यान गएकाले देश आर्थिक टाट पल्टिँन लागेकाे बताउनुभयाे । 

सत्ता पक्षमा रहेकाले प्रतिपक्ष सग लड्न गठबन्धन गर्नु दुनियामा कहि नभएकाे भन्दै एमालेकाे शत्ति कति रहेछ भन्न प्रमाणित भएकाे बताउनुभयो । 
नेकपा एमाले केन्द्रीय राष्ट्रिय परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रिले अवकाे अर्जुनदृष्टी स्थानिय तहकाे निर्वाचन भएकाे बताउनुभयो । एमाले बनेर अन्य दलका उम्मेदवार भाेट हाल्ने बेइमानलाई एमाले नभनि बताउनुभयाे । 

नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसालले झन्डा व्यानर विनाको गठबन्धनका बैठक बस्ने गरेकाे बताउनुभयाे ।अस्तित्व जाेगाउन नीति ,सिद्धान्त ,आर्दश समेत भुलेर देशलाइ लुट्न गठबन्धन गर्न पुगिरहेकाे आराेप लगाउनुभयाे । 

नेकपाकाे निरन्तरताकाे एमालेका उम्मेदवार  विजयी यात्रा सुरू भएकाे छ,औपचारिक रूपमा बैशाख ३० गते घाेषणा हुन मात्र बाकी रहेकाे बताउनुभयाे । 
पार्टी भित्र बसेर अन्तरघात गर्ने एमाले हुन नसक्ने बताउदै अन्तरघात गर्नेलाइ छुट नदिने बताउनुभयाे । वाड कमिटी अध्यक्ष कर्ण विसिकाे अध्यक्षता र सचिव विष्णु पन्थिकाे सञ्चालन बैठक सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्