चुत्रावेसीमा एम्बुलेन्स दुर्घटना

| २०८१ बैशाख १५ गते १६: २५ मा प्रकाशित

गंगा थापा ,सन्धिखर्क। लम्ची देखि विरामी छोडेर  सन्धिखर्क आउँदै गरेको एम्बुलेन्स चुत्रावेसी को गंगा प्रावि बिद्यालय  नजिकै दुर्घटना मा परेको छ। 

दुर्घटनामा कुनै मानवीय क्षति नभएको खबर प्राप्त भएको छ। एम्बुलेन्स अनियन्त्रित भई स्थानीय अधिकारिको घरमा ठोकिन पुगेको थियो। 

दुर्घटना पर्ने एम्बुलेन्सलाई जेसिबीको सायताले निकालिएको छ। घटनाको थप जानकारी आउँन बाँकि रहेको छ। 

तस्विर- रामचन्द्र पोख्रेल 

प्रतिक्रिया दिनुहोस्