चालक सचेतना अभिबृद्वि कार्यक्रम सन्धिखर्कमा शुरु

| २०७९ मंसिर १८ गते १२: ४९ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेश भन्ने मुलनाराका साथ ।श्रम तथा यातायात ब्याबस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला भित्र संचालन सबारी चालक सचेतना अभिबृद्वि कार्यक्रम सन्धिखर्कमा शुरु भएको छ।
 
अर्घाखाँची जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ प्राध्यको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल , मन्त्रालयका उपसचिव राजेन्द्र पन्थी ,शाखा अधिकृत रुका भट्टराई  जिल्ला ट्राफिक प्रहरी  प्रमुख हरि बहादुर कुवर नासु बिकाश पान्डे , यातायात ब्याबसायी संघका प्रमुख तथा प्रतिनिधि पत्रकार महासंघका अध्यक्ष अशोक खनाल तथा संचारकर्मीहरुको उपस्थित रहेको कार्यक्रमको समन्वय नेपाल प्रहरी राजमार्ग शुरक्षा तथा ट्राफिक ब्याबस्थापन कार्यालय बुटवल रुपन्देहीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्