सन्धिखर्क १० मा रहेको अरनिको आधारभुत विद्यालयमा पुर्ब विद्यार्थीद्वारा क्षेत्रीद्वारा अक्षय काेष स्थापना

| २०७९ फागुन १ गते १८: १२ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क।सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेको अरनिको अाधारभुत विद्यालयका पुर्ब विद्यार्थीहरुले विद्यालयमा अक्षयकोषकाे स्थापना गरेका छन् । 

नेपाल सरकारका सहसचिव हाल विशेष अदालतका रजिस्ट्रार अशाेक कुमार क्षेत्रीले १ लाखकाे अक्षयकोष स्थापना गर्नुभएको छ ।  क्षेत्रीले आफुले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेको बार्षिक उत्सब कार्यक्रममा उहाँका भाइ लक्ष्मण क्षेत्रीले घाेषणा गर्नु भएको हाे । 

त्यस्तै पुर्ब विद्यार्थी रमेश क्षेत्रीले ५० हजारकाे अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँका  भाइ शिव क्षेत्रीले दाइ रमेश क्षेत्रीले  ५० हजारकाे अक्षयकोष स्थापना गरेको बार्षिक उत्सब कार्यक्रममा घाेषणा गर्नुभएको हाे ।

अक्षयकोषकाे कार्यविधि विद्यालय ब्यबस्थापन समिति र अक्षयकोष दाता मिलेर निर्माण गरिने विद्यालयका प्रधनाध्यापक विष्णुबहादुर घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्