शितगंगा ६ मा आगलागी हुँदा ५ घर ८ गोठ जलेर नष्ट

| २०८१ बैशाख १८ गते १७: ४४ मा प्रकाशित

पूजा केसि,अर्घाखाँची ।अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ६ दाङसिङ ढुङ्गेपानी  गाउँमा जङ्गल बाट आएको आगोले ५ घर ८ गोठ जलेर नष्ट भएका छन।

शितगंगा ६ दाङसिङ ढुङ्गेपानी निवासी धन बहादुर वि.क को घर गोठ ,जेद बहादुर वि.क को गोठ,खिम बहादुर विकको घर गोठ,भीम बहादुर भाट को घर गोठ,प्रेम बहादुर आचार्य को घर गोठ,लोकराज आचार्यको घर गोठ, ढाल बहादुर विकको गोठ , चन्द्र बहादुर विक को गोठ जलेर नष्ट भएकाे त्यहाँका स्थानीय विक्रम आचार्य ले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिएका छन।

शितगंगा ७ को प्रहरी चौकी जलुके र स्थानियको व्यापक उपस्थितीमा आगाे अहिले आंशिक नियन्त्रणमा आएको छ।

प्रतिक्रिया दिनुहोस्