अखिल नेपाल महिला संघ सन्धिखर्क नगर सम्मेलन सम्पन्न (तस्विर सहित)

| २०७९ फागुन ४ गते ०१: ३० मा प्रकाशित

हिम लेकाली ,अर्घाखाँची। नेकपा ( एमाले ) सम्बद्ध अनेमसंघ सन्धिखर्ककाे तेस्राे नगर सम्मेलन  मदन आश्रीत  स्मृति भवन सन्धिखर्कमा बुधवार  सम्पन्न भएको  छ ।

सम्मेलनकाे उद्घघाटन अनेमसंघ  केन्द्रीय सचिवालय सदस्य तथा   प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले गर्नु भएकाे थियाे  । उद्घघाटन मन्तव्य राख्दै उहाँले आफुले जीवनकाे धेरै हिस्सा यहि संगठनमा ब्यतित गरेकाे र यहि संगठनका कारण आफु बर्तमान स्थिति सम्म आएकाे बताउँदै   महिला    संगठनलाई बलियाे बनाउन आफु हरतरहबाट लागि पर्ने  प्रतिबद्धता सहित सम्मेलन सफलताकाे सुभेच्छा प्रकट गर्नु  भएकाे थियाे ।

नेकपा ( एमाले ) सम्बद्ध अनेमसंघ सन्धिखर्ककाे तेस्राे नगर सम्मेलन  मदन आश्रीत  स्मृति भवन सन्धिखर्कमा बुधवार  सम्पन्न 

सम्मेलनमा बिशिस्ट  अतिथि  नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा  प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले महिला संगठन निर्माणका सन्दर्भमा प्रशिक्षण मुलक मन्तब्य राख्नु  भएकाे थियाे ।त्यसै गरि अन्य अतिथिहरूले पनि महिला शसक्तिकरणका  बिषयमा कुरा राख्दै महिला संगठन बलियाे भएमा मात्र पार्टी  बलियाे हुने धारणा ब्यक्त गर्दै सम्मेलन  सफलताकाे शुभकामना ब्यक्त  गर्नु भएको  थियाे यसरी मन्तव्य राख्नुहुनेहरूमा   नेकपा एमाले प्रदेश  कमिटी सदस्य प्रेम नारायण गैरै ,नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष ईश्वरा पाेख्रेल ,  नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल ,  अनेमसंघ केन्द्रीय सदस्य मायाँ भुसाल ,   अनेमसंघ  प्रदेश  सदस्य शुशिला गैरे , अनेमसंघ सह ईन्चार्ज बिष्णु आचार्य ,   अनेमसंघ जिल्ला  अध्यक्ष दिपा आचार्य ,    प्रदेश  आयाेजक समिति  सदस्य सीता बन्जाडे भुसाल , नेकपा एमाले  जिल्ला कमिटी सदस्य महिला नेत्री शुश्मा श्रेष्ठ  लगायत रहनु भएकाे थियाे भने सामाजिक सन्जाल मार्फत भाैतिकरूपमा आफु उपस्थित हुन नसके पनि सम्मेलन भब्यरूपमा सम्पन्न हाेस् भन्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य लक्ष्मण रायमाझीले  समेत शुभकामना पठाउनु भएकाे थियाे ।

नेकपा ( एमाले ) सम्बद्ध अनेमसंघ सन्धिखर्ककाे तेस्राे नगर सम्मेलन  मदन आश्रीत  स्मृति भवन सन्धिखर्कमा बुधवार  सम्पन्न

उद्घघाटन सत्रकाे अध्यक्षता मेनका पाैडेल ,सन्चालन सचिव  मायाँ ज्ञवाली र स्वागत उपाध्यक्ष पार्वता भुसालले  गर्नु भएको  थियाे ।सम्मेलनले सर्वसम्मत रूपमा    पार्वता भुसालकाे अध्यक्षतामा ३१ सदस्यीय  नगर समितिकाे  गठन गरेकाे छ ।जस्काे उपाध्यक्षमा पार्वता श्रेष्ठ ,सचिवमा आशा परियार , उप सचिवमा शुसिला भुसाल र काेषाध्यक्षमा दधिकला भाट क्षेत्री  रहनु भएकाे छ ।  उद्घघाटन समाेराेहमा पार्टी बाट   समानुपातिक  संघिय सभाषद   बिजुला रायमाझी  र  प्रदेश  सभा सदस्यमा निर्वाचित प्रदेश सांसद रामजि प्रसाद घिमिरेलाई सम्मान गरिएकाे थियाे ।

नेकपा ( एमाले ) सम्बद्ध अनेमसंघ सन्धिखर्ककाे तेस्राे नगर सम्मेलन  मदन आश्रीत  स्मृति भवन सन्धिखर्कमा बुधवार  सम्पन्न

अहिले यसरी नै जिल्ला भर पालिकास्तरका अनेमसंघका सम्मेलनहरू सम्पन्न  हुँदै आएका छन् ,केहिदिन अघि भूमिकास्थान र सितगंगा नगरपालिकामा पनि  नगर सम्मेलन  सम्पन्न भै सकेकाे खबर छ ।

नेकपा ( एमाले ) सम्बद्ध अनेमसंघ सन्धिखर्ककाे तेस्राे नगर सम्मेलन  मदन आश्रीत  स्मृति भवन सन्धिखर्कमा बुधवार  सम्पन्न 

प्रतिक्रिया दिनुहोस्