सन्धिखर्क ४ वांगलाका कृषकलाई उन्नत तथा हाईब्रिड तरकारीका बिउ वितरण

| २०७९ फागुन ९ गते २१: २८ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
९ फागुन- अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका ४ वांगलामा कृषकहरुलाई उन्नत तथा हाईब्रिड जातका तरकारीका बिउ वितरण गरिएको छ । 

 वांगलामा कृषकहरुलाई उन्नत तथा हाईब्रिड जातका तरकारीका बिउ

कृषकलाई माैसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि दुइदिने अभिमुखीकरण तालिम सञ्चालन गरि बाेडी, सिमी, काक्रो, टमाटर, करेला, घिराैला लगायतका तरकारीको उन्नत तथा हाईब्रिड बिउ वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

उहाँले उत्पादन बिना अार्थिक समृद्धि नहुने भएकोले निर्वाहमुखी  कृषि पेशा अगालेकाहरुलाई ब्यबसायीक कृषिमा लाग्न आग्रह गर्नुभयो । सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले तरकारी खेती सम्बन्धि तालिम प्रदान गर्दै ब्यबसायीक कृषि पेशामा लाग्ने कृषकलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

कृषकहरुलाई उन्नत तथा हाईब्रिड जातका तरकारीका बिउ

कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य सीता बस्नेत, वडा सदस्य चाेपनारायण श्रेष्ठ, कमला दर्जी, शेरबहादुर खत्री, पशु प्राविधिक प्रदिप आचार्य, कृषि प्राविधिक सरिता घिमिरे, कृषि समुहका बाबुराम बस्याल, साबित्रा भट्टराई लगायतको उपस्थिति रहेको थियोे । 

कृषकहरुलाई उन्नत तथा हाईब्रिड जातका तरकारीका बिउ

कार्यक्रम कृष्णादेवी बस्नेतकाे अध्यक्षता, गंगा रायमाझीकाे स्वागत र लक्ष्मण आचार्यकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्