नेकपा एमाले प्रमुख शक्ति ,एमालेले अगाडि सारेको व्यक्ति राष्ट्रपति बन्छ: सुर्य थापा

| २०७९ फागुन ९ गते २२: ३३ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।नेकपा एमालेका पोलिट व्युरो सदस्य सूर्य थापाले नेकपा एमाले देशको प्रमुख शक्ति भएकोले एमालेले अगाडि सारेको व्यक्ति राष्ट्रपति बन्ने दावी गरेका छन् । 

नेकपा एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजित "मिसन ग्रासरुट" अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्दै उनले एमालेले अगाडि सारेको व्यक्ति राष्ट्रपति बन्ने र सत्ता गठबन्धन कसैले चाहँदैमा नटुट्ने बताएका हुन । अहिलेको आवश्यकता फुट होइन एक जुट रहेको बताएका हुन । 

 "मिसन ग्रासरुट" अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम

प्युठान अर्घाखाँची  दुबै जिल्लामा नेकपा एमालेले विजय हासिल गरेको बताउँदै जिल्लालाई नमुना बनाउने गरि बिकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए । नेकपा एमाले प्रमुख शक्ति भएको बताए उनले नेकपा एमाले पार्टीलाई थप गतिशील र जुझारु बनाउन यो अभियानले थप महत्त्वपूर्ण भुमिका खेल्ने दाबी समेत गरेका हुन ।

"मिसन ग्रासरुट" अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँची द्वारा आयोजित "मिसन ग्रासरुट" पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९ अभिमुखिकरण कार्यक्रम नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा प्रतिनिधि सभाका सदस्य सूर्य थापाको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका सदस्य तथा प्रदेश सभा सदस्य  दिनेश पन्थी, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला कमिटी अध्यक्ष  पिताम्बर भुसाल लगायतले मन्तव्य राखेका थिए । जिल्ला सचिव तोजबहादुर रायमाझीको संचालन र जिल्ला  उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । 

नेकपा एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजित "मिसन ग्रासरुट" अभियान

दुई महिना चल्ने अभियान संचालनको निम्ति विभिन्न कार्यक्रम र योजना समेत निर्माण गरिएको छ।

 "मिसन ग्रासरुट" अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम!

प्रतिक्रिया दिनुहोस्