सन्धिखर्क २ का कृषकलाई बेमौसमी तरकारी खेती तालिम तथा तरकारी बिउ वितरण

| २०७९ फागुन ११ गते १४: ४८ मा प्रकाशित

प्रेमनारायण आचार्य। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा कृषकहरुलाई बेमौसमी   तरकारी खेती तालिम तथा तरकारी बिउ वितरण कार्यक्रम सम्पन्न  भएको  छ । 

कृषकलाई  तरकारी खेती सम्बन्धि  तालिम सञ्चालन गरि बाेडी, सिमी, काक्रो, टमाटर   लगायतका तरकारीको  बिउ वितरण गरिएको वडा अध्यक्ष माेतिजंग रायमाझीले  बताउनुभयो । 

उहाँले निर्वाहमुखी  कृषि पेशा अगालेकाहरुलाई ब्यबसायीक कृषिमा लाग्न अाग्रह गर्नुभयो । 

सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई र कृषि प्राविधिक सरिता घिमिरेले तरकारी खेती सम्बन्धि तालिम दिनु भएको थियोे । 
कार्यक्रम वडा सचिव  पुस्पा भुसालको  सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्