सन्धिखर्कमा फोहर मैला ब्यबस्थापन सम्बन्धि सुचना प्रवाह

| २०७९ चैत २३ गते १६: ५२ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
२२ चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्वर २ का जनप्रतिनिधिलाई लक्षित गरि फोहर मैला ब्यबस्थापन सम्बन्धि विच सुचना प्रवाह कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

वडा नम्वर २ का टोल विकास सस्थाका पदाधिकारीलाई लक्षित गरि सञ्चालन गरिएको सुचना प्रवाहमा फोहरलाई कसरी बर्गिकरण गर्ने र ब्यबस्थित गर्नेछ भन्ने विषयमा कुलानन्द बन्जाडेले प्रशिक्षण प्रदान गरेका थिए ।

सन्धिखर्क नगरपालिकालाई सरसफाइमा नमुना नगरपालिका बनाउन निजि क्षेत्र संगको सहकार्यमा फोहर ब्यबस्थापन कार्य अगाडि बढाएको नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । 

कुहिने फोहरलाई कम्पोष्ट मल बनाएर तथा नकुहिने फोहरलाई प्रशोधन गरेर प्रयोग गर्ने बनाउने कार्य सञ्चालन हुने सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले बताइन् । 

 निस्कने फोहरलाई  कुहिने र नकुहिने फोहरमा बर्गिकरण गरि कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन तथा फोहरलाई मोहरमा परिणत गर्न कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 
 
फोहरमैला ब्यबस्थापनका लागि सहजीकरण होस भन्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका सरसफाइ फोकल प्रसन  सन्धिखर्क २ का कार्य बहाक वडा अध्यक्ष दामाेदर पाडेल,वडा सचिव पुस्पा भुसाल लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम सरसफाइ फाेकल प्रसन मुक्ति खनालको सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्