सन्धिखर्कमा लागु औषध नियन्त्रणका लागि बैठक

| २०७९ चैत २३ गते १७: २६ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। 
२३ चैत- जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवाला निकाय संगको समन्वय बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । 

प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा बसेको बैठकमा लागु औषधको अबस्था र यसले पारेको प्रभाव र अर्घाखाँचीको अवस्थाबा बारेमा छलफल भएको थियो । अर्घाखाँचीमा लागु औषधको अबस्थाको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी गराउनु भएको थियो । 

बैठकले अनुगमनलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र फार्मेसी तथाऔषधी ब्यबसायीहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । 
लागु औषध नियन्त्रणका लागि विद्यालयमा सचेतना कक्षा सञ्चालन गर्ने, गाँजा तथा अफिमहरु फडानी गर्ने, सुर्तीजन्य तथा मदिरा जन्य पशलहरुको अनुगमन गर्ने, जस्ता कार्य जिल्ला प्रशासन तथा प्रहरी कार्यालयबाट सञ्चालन हुदै आएको छ । 

सुरक्षा निकायका प्रमुख, औषधी व्यवसायी, पत्रकार तथा सरोकारवाला निकायको उपस्थिति रहेको बैठक जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्