आर्थिक अभावले उपचार खर्च जुटाउन समस्या : सहयोगको याचना गर्दै कुमाल

| २०८० सावन २८ गते १४: ५५ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ निवासी बर्ष ३६ मधु कुमाल विगत लामो समय देखि  पेट सम्बन्धी विरामी भएर  उपचारका लागि आर्थिक अभाव हुँदा सहयोगको लागि याचना गरेकी छिन् ।

लामो समय देखि पेट सम्बन्धी रोेग लागेको तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अस्पताल सम्म गएर उपचारगर्ने रकम नहुँदा घरमा नै उपचारको लागि आर्थिक याचना गर्दै बसेकी छिन् । 

उपचारमा आर्थिक अभाव भएपछि वडा नम्बर ६ को कार्यालयले सहयोगको लागि मनकारी महानुभावहरु लाई आग्रह सहितको पत्र समेत काटेको छ । वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले कुमालको उपचारका लागि आर्थिक  अभाव भएकोले सहयोगको लागि आग्रह गरिएको बताए ।   

श्रीमान् घरेलु मजदुर समेत रहेका कुमालको परिवारमा आर्थिक चपेटमा रहदै आएको छ ।  उपचारका लागि केही समय पहिला अस्पतालमा चहारे पनि आर्थिक अभावको कारण उनको उपचार गर्न नसकीएको श्रीमान् रेन बहादुर कुमालले बताए । 

उनलाई सहयोग गर्नको लागि मनकारी महानुभावले  पिडीत मधु कुमाल को नाममा ग्लोबल आईएमी बैंक सन्धीखर्क शाखाको खाता नम्बरः ४९०७०१०१८९५१४ मा सहयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्