शान्ति मावि बाँगीले भारतीय राजदुतावासबाट प्राप्त गरेकाे बस एक निजि स्कुलले प्रयाेग गरेकाे भन्ने समाचार झुटो: खड्का

| २०८० असोज १२ गते १३: ५६ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क।शान्ति मावि बाँगीले भारतीय राजदुतावासबाट प्राप्त गरेकाे बस एक निजि स्कुलले प्रयाेग गरेकाे भन्ने समाचारमा कुनै सत्यता नरहेकाे कुरा बिधालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर खड्काले बताएका छन्। 

हिजाे  (२०८०/६/११) गते जिल्लाकाे एक अनलाइन सञ्चार माध्यमले शान्ति मावि बाँगीले भारतीय राजदुतावासबाट प्राप्त गरेकाे बस एक निजि स्कुलले प्रयाेग गरेकाे भन्ने समाचार भ्रम पूर्ण रहेको जानकारी दिएका छन्। 
 
विधालयबाट सञ्चालनमा रहेकाे स्कुल बस विधालय व्यवस्थापन समितिकाे निणर्य र ´विधालय बस सञ्चालन निर्देशिका -२०८०´ काे दफा (ख) अनुसार सञ्चालन भइरहेकाे जानकारी गराएका छन्। 

खड्काले मिडिया समाचार सम्प्रेषण गर्न पुर्व वास्तविक बुझेर समाचार प्रकाशन/प्रसारण गर्न हुन केही पत्रकारलाइ आग्रह समेत गरेका छन्। वास्तविक नबुझी सतहमा रहेर समाचार प्रसारण गर्दा आम मानिसमा भ्रम पैदा हुदाँ जिम्मेवारी पत्रकारिता गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्