एचआईभी रोकथाम कार्यक्रम अन्तरगत सरोकारवालाहरु संगको समन्वय बैठक सम्पन्न

| २०८० फागुन २१ गते २०: ०९ मा प्रकाशित

सेभद चिल्डेन ग्लोबल फन्डको सहयोग मल्लरानी ग्रामीण बिकास सरोकार केन्दको आयोजनामा संचालित एचआईभी रोकथाम र टिबि संक्रमीत कार्यक्रम अन्तरगत जिल्ला स्तरीय सरोकारवालाहरु संगको समन्वय बैठक सन्धिखर्कमा सम्पन्न भएको छ। 

२०३९ साल फाल्गुन १९ गते समाज कल्याण परिषदमा आबद्ध भै मल्लरानी -४ प्युठानमा सामुदायिक परिचालन , सामुदायिक शसस्क्तिकरण , शुसासन ,स्वास्थ तथा पोषण, पैरवी ,साना भौतिक पुर्बाधार जैविक बिबिधता संरक्षण , आयआर्जन तथा  उद्वमसिलत बिकास , स्थानीय क्षमता बिकास , विभिन्न क्षमता बिकास , विभिन्न सरकारी तथा गैरसरकारी निकाय , बिकास साझेदारी संस्था स्थानीयतह लगायत सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा हाल प्युठान रोल्पा र अर्घाखाँचीमा कार्य गर्दै आएको यश केन्दको रोड म्याप अनुसार ब्याबहारमा परिवर्तन , एचआईभी परिक्षण , प्रेसण तथा एचआईभी उपचार सेवा प्रदान गर्दै आइरहेको छ।

यस केन्द्रले खास गरि समाजमा मानिसको ब्याबहार परिबर्तन गराउने , घरदैलो भेटघाट तथा पियर एजुकेशन ,कन्डम बितरण ,स्वास्थ शिक्षा सामग्री बितरण,एकीकृत क्षय रोग  एचआईभी परामर्श , एचआईभी परिक्षण प्रेषण तथा एचआईभी उपचार सेवा, मोबाइल क्याम्प मार्फत एचआईभी उपचार सेवा , इन्डेक्स टेस्टिङ तथा अन्य स्वास्थ सेवाहरु प्रदान गरिरहेको छ ।

 जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रशाकिय अधिकृत दुर्गा न्यौपाने ,प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर जन स्वास्थ कार्यलयका  प्रतिनिधि सुदन राज गौतम , सन्धिखर्क नगरपालिकाका स्वास्थ शाखा प्रमुख पुर्ण पराजुली ,अर्घाखाँची अस्पतालका नर्सिङ अधिकृत सुनिता  आचार्य , अर्घाखाँची अस्पतालका प्रतिनिधि शिब बन्जाडे, स्वास्थकर्मी प्रकाश परियार , नर्सिङ स्टाफ रन्जना भट्ट  सन्देश समुहका अध्यक्ष अर्जुन शाह , एचआईभी फोकल पर्शन बिजय बिक , गैसस महासंघका अध्यक्ष ठाकुर अधिकारी , लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष लक्ष्मी अधिकारी , केन्दका अध्यक्ष वसन्त लाल शाक्य , निबर्तमान अध्यक्ष निर्मल प्रसाद श्रेष्ठ , सचीव निर्मला कर्मचार्य ,कार्यक्रम संयोजक बिजय शर्मा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल तथा पत्रकारहरु श्याम घिमिरे , शागर महत लागाएतको उपस्थित रहेको थियो ।

बैठकमा केन्द्रका  कार्यक्रम संयोजक बिजय शर्माले केन्द्रको निम्ति मुख्य चुनौतीको रूपमा परिक्षणको लागी समयमा कीट ब्याबस्थापन नहुनु , आप्रबासीहरुको मौसमी प्रबाहमा कमि ,लक्ष्यित बर्ग ( भारत बाट आएका ) ब्याक्तिकालागि एचआईभी परिक्षण गर्न असहजता हुनु तथा सिमित मानव सम्साधनको कमि मुख्य चुनौती रहेको उल्लेख गरेका छन ।

 बिगत ४ बर्ष देखि अर्घाखाँची जिल्लामा काम गरिएको यस केन्द्रले  १५ जना एचआईभी संक्रमितको फाइन आउट गरि सन्देश सहयोग समुहबाट नियमित  औंषधि सेवन गरिरहेका छन भने ७ जनालाई फ्लोअफमा राखिएको छ ।

  बैठक जनस्वास्थ अधिकृत शिव नेपालीको अध्यक्षता तथा मल्लरानी  ग्रामीण बिकास सरोकार केन्द्र अर्घाखाँचीका कार्यक्रम  प्रमुख गिता भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्