ॐ कारेश्वर शिवालयकाे साधारणसभा तथा अधिवेशन सम्पन्न

| २०८० फागुन २५ गते २२: २७ मा प्रकाशित

सन्धिखर्क २५ फागुन । अर्घाखाँचीकाे सन्धिखर्क २, घाेचेखाेलामा रहेकाे ॐ कारेश्वर शिवालय मन्दिरकाे प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । 

महाशिवरात्रीकाे अवसरमा ॐ कारेश्वर शिवालय मन्दिरमा विशेष पुजा तथा रुद्राभिषेक पुजा पनि सम्पन्न भएको छ ।

कार्यक्रममा सन्धिखर्क २ का वडा अध्यक्ष माेतिजंग रायमाझी, १० का कार्यवाहक अध्यक्ष हरिलाल पराजुली, सचिव विष्णुप्रसाद आचार्य, जीव नारायण आचार्य, पत्रकार प्रेमनारायण आचार्य लगायतले मन्तव्य राख्नुभएको थियोे ।

साधारण सभाले जीवनारायण आचार्यकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिती निर्वाचित गरेको छ । जस्काेउपाध्यक्ष भक्ति प्रसाद बन्जाडे, सचिव विष्णु घर्ती,  काेषाध्यक्ष अस्मिता आचार्य र सहसचिव पवित्रा भण्डारी रहनु भएको छ । 

सदस्यमा जीवन आचार्य, मिना भुसाल, विष्णु आचार्य, राजेन्द्रप्रसाद पाण्डे, भरत केसी र  कमला मिश्र रहनु भएको छ ।रामु केसीकाे संयोजकत्वमा, प्रेमनारायण आचार्य, रेमलाल बन्जाडे, जानका बन्जाडे,शान्ता पन्थी, प्रेम क्षेत्री र नुम प्रसाद भुसाल सदस्य रहेको ७ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ । 

कार्यक्रममा शिवालय क्षेत्र निर्माणमा याेगदान पुराउने व्यक्ति , संघ सस्था र आजिवन सदस्यलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम रामु केसीको अध्यक्षता, विष्णु घर्तीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्