शितगङ्गामा बिराट महायज्ञ भब्य रुपमा समापन(तस्विर सहित)

| २०८१ बैशाख १० गते १६: १६ मा प्रकाशित

झनक केसि,अर्घाखाँची। 
 बैशाख १०- अर्घाखाँची जिल्ला शितगङ्गा नगरपालिका ठाडामा २०८१  बैशाख १ गते देखि ९ गते सम्म संचालित शैक्षिक बिराट महायज्ञ विधिवत रुपमा सम्पन्न भएको छ। 

ठाडामा रहेको ज्योती भबिस्वर बहुमुखी क्याम्पसको स्तरोन्नतिको लागि मानव सेवा फाउन्डेसन काठमाण्डौको ब्यबस्थापन,शितगङ्गा नगरपालिकाको संरक्षण,क्याम्पसको आयोजनमा शैक्षिक बिराट महायज्ञ लगाईएको थियो। 

महायज्ञ समापन कार्यक्रमका प्रमुख अतिथि पुर्ब शहरी बिकाश मन्त्री माननिय मेठमणी चौधरीले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो। बिशिस्ट अतिथी शितगङ्गा नगरपालिकाका उप प्रमुख गिता भाट,कथा बाचक बाल योगेश्वर बिजय कृष्ण मुर्ति महाराज,पुर्व नगरप्रमुख,सुर्य प्रसाद अधिकारी,विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधि,संघ सस्थाका प्रमुख तथा प्रतिनिधी,पत्रकार महासंघ अर्घाखाँची तथा पर्यटन प्रबर्द्धन अभियान प्रबक्ता हृदय भुषाल,विभिन्न मिडियामा कार्यरत संचारकर्मी,स्थानियसरोकारवाला,भक्तजनहरु  लगाएको आतिथ्यतामा कार्यक्रम समापन गरिएको थियो। 

समापनमा बोल्दै कथा बाचक बाल योगेश्वर बिजय कृष्ण मुर्ति महाराजले ९ दिनको बसाईमा बिभिन्न माध्यममा सहयोग पुर्याउने सबैलाई सम्मान सहित धन्यबाद दिएका छन। क्याम्पसको बिकाशको लागि मेरो तर्फबाट नगद तथा विभिन्न ब्यबस्थापनमा खर्च ८ लाख बराबर क्याम्पसलागि दान गरेका छ्न। थप केही सहयोग चाईएको खण्डमा मानव फाउन्डेसन काठमाण्डौ नाममा भुमी दान गर्नु भएको छ। त्यस ठाउमा सामुदायिक भवन अन्य प्रायोजनको लागि केहि गर्ने बताए,महाराजलाई क्याम्पस परिवारले मायाको चिनो सहित सम्मान गरेको थियो। 

नगर उप-प्रमुख गिता भाटले हाम्रो भौगोलिक बनोट ठूलो छ। चाहदा चाहदै केही गर्न सकि रहेका छैनौ। शिक्षा स्वास्थलाई माथी उठाउने उदेश्य मात्र भएर नहुदो रैछ। तैपनि आगामी आर्थिक बर्ष हाम्रो कार्यपालिका सहित मिटिङ्ग बसेर क्याम्पसको लागि केही न केही गर्ने छौ। कार्यक्रम सफल बनाउन अहोरात्र खटने सबैलाई धन्यवाद दिनु भएको थियो। 

प्रमुख अतिथी माननीय मेठ मणि चौधरिले शितगङ्गाको बिकाशको लागि प्युठान र शितगङ्गालाई जोडेर लैजाने त्यसको लागि मेरो तर्फबाट सदैव चासोको बिषय बनेको छ। शितखोलामा मोटरेवल पुल बनाउन मेरो कार्यकाल केही रकम समेत छुट्टाएको दाबी गरेका छन। आगमी दिनमा मेरो स्वकीय सचिब पनि यहि ठाउको भएकोले केहि केही पक्कै गर्नेछु ।क्याम्पसको स्तरोन्नति आर्थिक असार मसान्त सम्म १५ लाख सहयोग गर्ने,आगामी बर्षमा थप केही गर्ने चौधरीले प्रतिबद्धता जनाउनु भएको छ। 
महायज्ञ दानबिर दाताहरुलाई विशेष सम्मान गरिएको थियो भुमिदान र नगद दान गरेर करिब १ करोड आर्थिक संकलन भएको अनुमान लगाईएको छ। 

नवौ दिन सम्म विभिन्न कार्यक्रम जस्तै नेपाल लगायत बिभिन्न,ठुला हिन्दु मन्दिरमा लगाईने महा सन्ध्या आरती,शिव तान्डव,झाकी,नाटक,प्रवचन भजन कृतन,हमन,चौरासी पुजा,तुला दान गौदान,अन्नदान,आरती कलस यात्रा,मोटरसाईकल र्याली लगाएतको कार्यक्रम गरिएको थियो।

महायज्ञको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसादले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्