खेलकुद

अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलोपटक टी–२० विश्वकपको उपाधि जित्यो

२०७८ कार्तिक २८

अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ । लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम बनेको अस्ट्रेलियाबाट टी–२० विश्वकपको उपाधि भने टाढा रहँदै आएको थियो ।  यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।