खेलकुद

मोरक्कोलाई हराउँदै फ्रान्स फेरि फाइनलमा: उपाधि भिडन्त अर्जेन्टिनासँग हुने

२०७९ मंसिर २९

काठमाडौं । दोस्रो सेमिफाइनलमा बुधबार मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि अब आइतबार अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।