खेलकुद

आईपीएल : अन्तिम ओभरमा १६ रन जोड्दै धोनीले जिताए चेन्नईलाई

२०७९ बैशाख ९

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे ।