अर्घाखाँची समाज जापानले हरितालिका तीजको पूर्व संध्यामा शुभकामना आदानप्रदान एवम् दरखाने कार्यक्रम सम्पन्न

| २०८० भदौ २९ गते १८: ११ मा प्रकाशित

जापान। अर्घाखाँची समाज जापानले हरितालिका तीजको पूर्व संध्यामा शुभकामना आदानप्रदान एवम् दरखाने कार्यक्रम सम्पन्न गरेको छ।

समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजका सचिव अर्जुन आचार्यले गरेका थिए। 

आदानप्रदान एवम् दरखाने कार्यक्रम सम्पन्न 

अर्घाखाँची जिल्ला बाट बिभिन्न पेशा व्यावसायमा आबद्ध झन्डै २०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालका पहिलो महिला रेसलर भगवती खड़का लाई सम्मान गरीएको थियो भने कलाकार चेतन घर्ती मगरले आफ्नो गीत मार्फ़त मनोरंजन प्रदान गर्नु भएको थियो। कार्यक्रममा सहभागी महिला दिदी बैनीहरुले मौलिक भाकामा तीज गीत प्रस्तुत गर्नु भएको थियो।

शुभकामना आदानप्रदान एवम् दरखाने कार्यक्रम

कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी,अर्घाखाँची जिल्ला घर भै हाल विद्यावारिधिको शिलशिलामा जापानमा रहनु भएका नेपाल सरकारका सह-सचिव शेष नारायण पौड्याल नेपाल सरकारका उप-सचिव श्रीधर गौतम,समाजका सल्लाकार बाबूराम पौड्याल, ईन्दिरा खनाल लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्