गाजामा मारिनेको सङ्ख्या १ हजार ५५ पुग्यो: इजरायलमा १२ सय

| २०८० असोज २४ गते १७: ०४ मा प्रकाशित

काठमाडौँ । चरपन्थी समूह हमासले हमला गरेको चार दिनपछि पछि इजरायली उद्धारकर्मी स्डेरोट सहरबाट शवहरू हटाउन व्यस्त छन् । इजरायलमा उक्त आक्रमणमा मारिनेको सङ्ख्या १२ सय पुगेको छ भने घाइतेको सङ्ख्या २७ सय रहेको बीबीसीले जनाएको छ ।

यता प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजामा मारिनेको सङ्ख्या १ हजार ५५ पुगेको छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार हवाई हमला गरिरहेको छ । हालसम्म घाइते हुनेको सङ्ख्या ५१ सय पुगेको मन्त्रालयको भनाई छ । मन्त्रालयले गाजामा घाइते मध्ये ६० प्रतिशत महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्