अफगानिस्तानको भूकम्पमा परी २४ सय बढीको मृ'त्यु

| २०८० असोज २७ गते १५: ४७ मा प्रकाशित

काठमाडौं । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित जिन्दाजान जिल्लाको नाइब रफी गाउँमा यही अक्टोबर ७ मा गएको भूकम्पमा परी हालसम्म २४ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । उद्धारकार्य जारी छ ।

पश्चिमी प्रान्तहरूमा भूकम्पको प्रभाव बढी परेको छ । विशेष गरी हेरातमा मृत्यु हुनेको संख्या धेरै रहेको अफगानिस्तानका अधिकारीले बताएका छन् । सो क्षेत्रमा आवासका निम्ति सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।

सो क्षेत्रका घर पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने बताइएको छ । स्थानीयवासी त्रिपालमुनि बसिरहेका छन् । अहिलेसम्म भूकम्पको परकम्प मापन गरिँदै छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया दिनुहोस्