स्वर्गीय टुका खनालको नवौँ दिनको पुण्य तिथिमा राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली शभा सम्पन्न

| २०७८ असोज २६ गते १८: २८ मा प्रकाशित

माधव खनाल ,अर्घाखाँची।राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा नम्बर १ को आयोजनामा स्वर्गीय टुका खनालको नवौ दिनको पुण्य तिथिपारी आज उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला समिति सचीव तथा भुमिकास्थान नगरपालिका नगर प्रवक्ता वाबुराम पन्थिले प्रमुख अतिथिको आसनबाट बोल्दै  स्वर्गीय टीका खनालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई लाग्न निर्देशन गर्नुभएको थियो साथै प्रमुख अतिथी पन्थीले गत वैशाखमा भारतको दिल्लिमा कोभिड १९ बाट मृत्यु हुनुभएका स्वर्गीय टीका खनालका जेठा छोरा स्वर्गीय धनिस्वर खनाल प्रती पनि शोक मन्तव्य प्रकट गर्दै मृत्तात्मको चिरसान्तिको कामना साथै  दुःख व्यक्त गर्नुभएको थियो ।

यस्तै श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनालले स्वर्गीय टीका खनालको निधनले गर्दा राष्ट्रिय जमोर्चाले एक इमानदार तथा स्थानीय स्तरमा कुसल महिला नेतृ गुमाउदा अत्यन्तै दुखित एवम स्तप्ब्ध भएको बताउनुभयो ।

श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा भुमिकास्थान १ का वार्ड अध्यक्ष भोजराज खनाल ,अखिल नेपाल शिक्षक संघका भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल ,राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का  सचीव नारायण खनाल अखिल नेपाल युवक संघ भुमिकास्थान १ का अध्यक्ष प्रकाश खनाल राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सदस्य तथा वार्ड सदस्य ओमप्रसाद वेल्बासे लगाएतको उपस्थिति रहेको थियो ।भने कार्यक्रम स्वर्गीय खनालका माइला छोरा हिमिन्त खनालको अध्यक्षता माधव खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

तीन छोरा मध्ये जेठा छोरा धनिस्वर खनालको गत बैशाखमा भारतको दिल्लीमा ३८ वर्षको उमेरमा कोभिड सङ्क्रमणका कारण निधन भएको थियो ।
स्वर्गीय टीका खनालका श्रीमान  दुई छोरा , दुई छोरी तीन बुहारी दुई ज्वाइँ  र सात नातिनातिना हुनुहुन्छ ।खनालको २०७८ साल असौज १८ गते साझ ६० वर्षको उमेरमा दम रोगको कारण निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्