अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले गर्नेभयो सामाजिक विकृतिका बिरुद्ध सडक नाटक प्रर्दशन

| २०७९ माघ २६ गते १३: २४ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
माघ–२६,अर्घाखाँची- अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले सामाजिक विकृतिका बिरुद्ध सडक नाटक प्रर्दशन गर्नेभएको छ । समाजमा रहेका हानिकारक ब्यबहारहरु जातिय छुवाछुत,लैङ्गिक तथा घरेलु हिंसा र बालबिवाह न्युनिकरणको उदेश्यका साथ  सामाजिक विकृतिका बिरुद्ध नगरपालिका १० वटै वडामा रहेका माध्यमिक विद्यालय सहित बिभिन्न स्थानमा सडक नाटक प्रर्दशन गर्न लागिएको हो । 

भुमिकास्थान नगरपालिकाले सामाजिक विकृतिका बिरुद्ध सडक नाटक प्रर्दशन 

संविधान र कानुनमा हानिकारक सामाजिक व्यबहार गर्न रोक लगाउनुका साथै त्यस्ता कार्यमा संलग्न हुनेलाई दण्डको व्यवस्था भएपनि ब्यवहारमा ल्याउन सचेतनाको आवस्यकता रहेको निष्कर्ष सहित सडक नाटक प्रदर्शन गर्न लागिएको भुमिकास्थान नगर प्रमुख झविलाल थापाले जानकारी दिनुभएको छ । कानुनले बर्जित गरेपनि, व्यवस्था परिवर्तन भएपनि हामी नेपालीको  ब्यवहार फेरिन नसकेको र यसको निम्ती सोही ज्ञानको आवस्यक भएकोले सचेतना स्वरुप नगरपालिकाले सडक नाटक मार्फत हानिकारक सामाजिक अभ्यासका बिरुद्ध सचेतना अभियान चलाउन लागको नगर प्रमुख थापाको भनाई छ । भुमिकास्थान नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठनागरिक शाखा मार्फत सडक नाटक सचेतना कार्यक्रम चलाउन मंगलबार नुवाकोटमा नाटकको डेमो समेत प्रस्तुत गरिएको छ ।

भुमिकास्थान नगरपालिकाले सामाजिक विकृतिका बिरुद्ध सडक नाटक प्रर्दशन 

 नगरसभाबाट स्विकृत बार्षिक कार्यक्रम अनुसार सडक नाटक प्रदर्शन गर्न इच्छुक संस्थाहरुलाई प्रस्तावना आव्हन गरिएकोमा आवेदन दिएका ३ वटा संस्थाहरुले छुट्टा–छुट्टै डेमो प्रस्तुत गरेको महिला,बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख शान्ता आचार्यले बताउनु भएको छ । नगरपालिकाले दिएको बिषयबस्तुमा आधारित रहि समाजको परिवेश झल्काउने गरि प्रस्तुत गरिएका सडक नाटकको डेमोले नगरको सभाहल गुन्जायमान भएको थियोे । यसरी नाटकको डेमो प्रस्तुत गर्नेमा राधा नेपाली अध्यक्ष रहेको दलित चेतना विकास परिषद,बसन्त श्रेष्ठ छापेली अध्यक्ष रहेको नेपाल मिडिया नेटवर्क र सागर परियार अध्यक्ष रहेको नयाँ नेपाल विकास परिषद रहेका छन् । 

भुमिकास्थान नगरपालिकाले सामाजिक विकृतिका बिरुद्ध सडक नाटक प्रर्दशन 

जसमध्ये दलित चेतना विकास परिषद,अर्घाखाँचीले प्रस्तुत गरेको डेमो उत्कृष्ट भइ सडक नाटक प्रदर्शन गर्ने जिम्मा प्राप्त गरेको भुमिकास्थान नगरपालिकाका योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ । योजना शाखा प्रमुख भुसालका अनुसार यो संस्थाले नगरपालिकाको समन्वयमा भुकिास्थानका बिभिन्न १५ स्थानमा नाटक प्रदर्शन गर्ने छ । सडक नाटकको डेमो प्रदर्शन पछि आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख झविलाल थापाले भौतिक संरचना निर्माणले मात्रै समाजको चौतर्फि विकास हुन नसक्ने बताउनुभएको छ । नेपालको हरेक नागरिक सम्मानित,खुशी र समस्यारहित ढङ्गले जिउन पाउने बातावरण सहितको विकास नै दिगो विकास हुने भन्दै नगर प्रमुख थापाले यसको निम्ती आर्थिक,नैतिक र भौतिक ३ वटै पक्षको विकासमा ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । 

भुमिकास्थान नगरपालिकाले सामाजिक विकृतिका बिरुद्ध सडक नाटक प्रर्दशन 

यस्तै नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले सिमित स्रोतको सदुपयोग गरि भुमिकास्थानलाई समृद्ध बनाउने आफुहरुको योजना सुनाउँदै यसमा सबैको सहयोगको खाँचो औल्याउनुभएको छ । प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेलले नेपालमा परिवर्तन खोज्ने तर काम अरुले गरिदिनुपर्ने प्रवृतिलाई रोक्दै परिर्वतन सम्भव छ सुरुवात आफैबाट भन्ने मान्यता स्थापित गर्न आफुहरु लागिपरेको बताउनुभएको छ । 

नेपाली समाजमा जरा गाडेर बसेका कु–प्रथा र पश्चिमा संस्कृतिको विकृतिले नागरिकलाई उल्टोबाटो हिडाउने डर बढेकोले यसको न्युनिकरण गर्न सबै लाग्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत पोख्रेलको भनाई छ । भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,नाटक प्रर्दशन गर्ने संस्थाका प्रतिनिधि,कलाकार तथा पत्रकार सहित सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन कम्प्युटर अपरेटर शेषकान्त घिमिरे ओसनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्