भुमिकास्थानको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता फागुन ४ गतेदेखि सुरु हुने

| २०७९ फागुन १ गते २३: ४२ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची। 
फागुन–०२ भुमिकास्थान नगरपालिका अर्घाखाँचीको स्थानियतह स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड २०७९ यहि फागुन ४ गतेदेखि सुरु हुने भएको छ । 

सोमबार नुवाकोट स्थित नगरपालिकाको सभाहलमा सम्पन्न स्थानियतह स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले यसबर्षको प्रतियोगिता भुमिकास्थान–८,लम्चिको रातापोखरामा अवस्थित खेलमैदानमा फागुन ४ गते उद्घाटन गरि फागुन ६ गते समापन गर्ने निर्णय गरेको हो । 

स्थानियतह स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड २०७९

भुमिकास्थान नगरप्रमुख एवम् प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक झविलाल थापाको अध्यक्षता,नगरउप–प्रमुख बालकृष्ण बन्जाडे,प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेल,खेलकुंद तथा शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा,जिल्ला खेलकुंद विकास समिति अध्यक्ष बिष्णु क्षेत्री,कोषाध्यक्ष प्रेम आले,भुमिकास्थानमा संचालित मा.वि.तहका खेलशिक्षक सहित सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न बैठकले फागुन ४ गते बिहान ११ बजे प्रतियोगिताको उद्घाटन गर्ने निर्णय गरेको छ ।

स्थानियतह स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड २०७९

जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्डको तयारी तथा खेलाडि छनौंटको रुपमा लिइने यस प्रतियोगितामा छात्र÷छात्रा भलिवल, १ सय देखि १५ सय मिटर सम्मका छुट्टा–छुट्टै छात्र÷छात्रा दौड, छात्र÷छात्रा कवडि, छात्र÷छात्रा लङजम्प, छात्र÷छात्रा त्रिपलजम्प, छात्र÷छात्रा हाईजम्प, छात्र÷छात्रा सटपुट र छात्र÷छात्रा ज्यावलिङ थ्रो जस्ता खेलहरु खेलाईने तय भएको छ । 

जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्डको तयारी तथा खेलाडि छनौंट

प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद सहित शिल्ड,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने खेलकुंद तथा शिक्षा शाखा प्रमुख सापकोटाले जानकारी दिनुभएको छ । कार्यक्रममा नगरप्रमुख थापा,उप–प्रमुख बन्जाडे र प्रमुखप्रशासकिय अधिकृत पोख्रेलले बैठकलाई सहजीकरण गर्दै भुमिकास्थान हुँदै जिल्लाकै शान राख्नेगरि अनुशासित ढङ्गले खेलमा सहभागि हुन विद्यार्थिहरुलाई निर्देशन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्