सत्यदेवी आवि धन्चाैरमा नि:शुल्क आँखा तथा दन्त उपचार शिविर सम्पन्न

| २०८० चैत ८ गते २२: ०० मा प्रकाशित

टेकराज भुसाल,भूमिकास्थान। जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० धन्चाैर सेङलेङमा अवस्थित सत्यदेवी आधारभूत विद्यालयमा नि:शुल्क आँखा तथा दन्त उपचार शिविर सम्पन्न भएको छ।

विद्यालयको आयोजना तथा नेपाल नेत्र ज्याेति संघ प्राथमिक आँखा उपचार केन्द्र ठाडाकाे र नमस्ते डेण्टल क्लिनिककाे सहयोगमा शिविर सम्पन्न भएको हो।

शिविरमा विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीले नि:शुल्क आखा तथा दातको उपचार गरेकोमा अधिकाम्स विद्यार्थीहरुमा दातकाे समस्या देखा परेको र आखाकाे केही विद्यार्थीमा मात्रै समस्या देखिएको विद्यालयका प्रधानाध्यापक विष्णु बन्जाडेले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्