किर्ते गर्ने विरुद्ध छानबिनको लागि जिप्रका अर्घाखाँचीमा निबेदन

| २०८० चैत १९ गते १९: ३८ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको कार्यालयले चुनढुङ्गा उत्खनन सम्बन्धमा किर्ते गर्नेको छानबिन गरि दोषिलाइ कानुनी दायरामा ल्याउन भन्दै आज  जिल्ला प्रहरी  कार्यालय अर्घाखाँचीमा निबेदन दिएको छ । 

भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाको हस्ताक्षर रहेको निबेदनमा नगरपालिकाको बदनाम र कानुनको उल्लंघन गरि भुमिकास्थान नगरपालिका  वडा  नम्बर ९ को सान्डेवामा चुनढुङ्गा उत्खननको लागि किर्ते हस्ताक्षर ,कार्यालयको छाप र कार्यालयको  लेटरप्याड प्रयोग गरि अनुमती दिने ब्यक्तीलाइ पत्ता लगाइ कानुनी दायरामा ल्याउन भन्दै  नगरप्रमुख थापाले  निबेदन दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उत्खनन गर्दा पर्यावरणमा असर गर्ने , त्यस वरपरका पानीका मुहान सुक्ने , नजिकका बस्ती धुलो धुवाको कारण बिस्थापित हुनुपर्ने जस्ता समस्या आउने भन्दै  धेरैले बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्