भूमिकास्थान चुनढुङ्गा उत्खनन किर्ते प्रकरणमा मेयर उपमेयर बिच दुई कित्ता

| २०८० चैत २३ गते २०: ०५ मा प्रकाशित

हृदय भुसाल अर्घाखाँची । किर्ते प्रकरण बारे भूमिकास्थानका मेयर उपमेयर बिच गत चैत्र २० गते सुचनाका सवालमा भनाभन भए पछि शुक्रवार भूमिकास्थान नगरपालिका नगरउप्रमुख सहित १३ कार्यपालिका सदस्यहरुले किर्ते प्रकरण बारे आफुहरुलाई सुचना लुकाउन खोजिएको भनि प्रेस बिज्ञप्ती सहित पत्रकार सम्मेलनको आयोजना गरे ।

भूमिकास्थान नगरपालिकाको चुनढुङ्गा खानी उत्खनन्का सन्दर्भमा नगरप्रमुख सहित जनमोर्चाका जनप्रतिनिधी एकतर्फ र नगरउप्रमुख सहित काँग्रेस,एमाले र माओवादी बाट निर्वाचित जनप्रतिनिधी बिच दुई कित्ता भएको शुक्रवार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलन बाट स्पष्ट भएको छ ।

भूमिकास्थान नगरपालिका वाड ९ ढिकुरामा चुनढुङ्गा खानी उत्खननका सन्दर्भमा भूमिकास्थान नगरपालिकाले चुनढुङ्गा उत्खनन् लागी बिजय सिमेन्ट प्रालीका नाममा खानी तथा भुगर्भ बिभाग लैनचौर,काठमाण्डौँ उपलब्ध गराएको भनी नगरपालिका बाट सिफारिस भएको पत्र किर्ते भएको यस अघी नगरप्रमुखले पत्रकार सम्मेलन गरि जानकारी दिए पछि नगरमा यो बिषय निकै विवादित बनेको थियो । सत्यतथ्य बारे स्पष्ट नभई कार्यपालिका बैठक चल्न नदिने भनी कार्यापालिकामा सवाल उठेपछि केही समयदेखी कार्यपालिका बैठक समेत चल्न सकिरहेको छैन् ।

सिफारिस पत्रका सन्दर्भमा खानी तथा भुगर्भ बिभाग लैनचौर काठमाण्डौले मिती २०८० चैत्र १ गते चलानी नम्बर २७८४ मार्फत किर्ते प्रकरण वारे पठाएको जवाफमा बिजय सिमेन्ट प्रालीको प्रतिनिधी नवाफ वलीले खानी बिभागमा सत्य तथ्य पेश गरिएको भनी मिती २०८० चैत्र ७ गतेका दिन ष्भभ प्रतिबेदनका लागी आबश्यक पर्ने सिफारिस पत्रका लागी कम्पनी बाट भुमिकास्थान नगरपालिकामा निवेदन दिईएको तथा सिफारिस पत्र उपलब्ध गराई उत्खनन् अनुमतिपत्र प्राप्त गर्ने कार्यमा आबश्यक सहयोगका लागी उतm नगरपालिका नगरप्रमुख,प्रभतmा लगायत समेतलाई बारम्वार अनुरोध गरिएको  र सोही सन्दर्भमा सिफारिस पत्र तयार भएको छ । लियर जानुहोस् भनी नगरपालिकाका नगर प्रभतmा अर्थात वडा न ४ का वडा अध्यक्ष बावुराम पन्थी सुनारले खवर गर्नु भएकोले  निज बावुराम पन्थी सुनार र सोही वडाका जागृत केसी मार्फत सन्धिखर्क अर्घाखाँची बाट म कम्पनी प्रतिनिधी नवाफ वलीले सक्कल पत्र लिई बिभागमा  मिती २०८० मंसिर ७ गतको दिन निवेदन पेश गरेको भनि खानी तथा भुगर्भ बिभागलाई माथी उल्लेखित ब्यहोराको सिमेन्ट कम्पनीको तर्फबाट पेश भएको स्पष्टिकरण पत्र सहित खानी बिभागले भुमिकास्थानमा २०८० चैत्र १३ गते पत्र पठाए पछि किर्ते प्रकरण छताछुल्ल भएको हो ।

किर्ते प्रकराण बारे नगरमा आएको पत्रलाई गुमगाम गर्न खोजिएकोले पत्रकार सम्मेलन गरिएको नगरउप्रमुख बालकृष्ण बन्जाडेले बताए ।

उपप्रमुख बन्जाडेले भने,‘गत २० गते किर्ते प्रकरणमा खानी बिभाग र बिजय सिमेन्टको स्पष्टिकरण पत्र आए पछि पनि लामो समय थाहाँ नभई म सहित वडा अध्यक्षहरु माग्न जादाँ नगरप्रमुखले पढेर सुनाएको दिन नचाहे पछि पत्रकार सम्मेलन गरि स्पष्ट पार्न खोजेका हौँ,हामीहरुलाई सुचना लुकाउन खोजियो,कार्यापालिकामा एकपटक पनि छलफल गर्न खोजिएन,आफ्नो पार्टीका मान्छेको नाम जोडियर हो की थाहा भएन्,नगरपालिकालाई बद्नाम गर्ने गरि अगाडी बढ्ने जो कहीलाई पनि हामी छोड्ने वाला छैनौँ’।

नगर उपप्रमुख सहित नगरकार्यापालिकाका १३ जनाले हस्ताक्षर गरि पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको पेश बिज्ञप्तीको सारासंमा भनिएको छ,‘खानी बिभाग र बिजया सिमेन्ट बाट आएको पत्रको जबाफका बारेमा नगरपालिकाका सम्पुर्ण तत्काल जानकारी गराउने र आबश्यक कानुुनी प्रकृयामा जानु पर्नेमा गत चैत्र २० गते नगरउपप्रमुख र वडा अध्यक्ष सहितले किर्ते भनिएको पत्रको बिषयमा चालेको प्रकृया  र सुचना उपलब्ध गराउने बिषयमा जिज्ञासा राख्न जाँदा नगरप्रमुखले आन्तरिक प्रकृया चालेको र हाललाई कुनै सुचना दिन नमिल्ने भनी नगर उपप्रमुख र उपस्थित वडा अध्यक्षहरु अभिब्यतmी दिएको  र कर्मचारीलाई समेत सुचना नदिनु  भनि निर्देशन दिएकोले हामी उपप्रमुख र नगरकार्यपालिका सदस्यहरु माथी मान हानी भएको महसुस गरेका छौँ ।

खानी बिभागबाट आएको किर्ते कागजात तयार गरि बझुाउने ब्यतmीको औपचारिक नाम किटान गरी आएको अवस्थामा  नगरप्रमुखले सोही अनुसारको कानुनी वाटो खोज्नुको साटो लुकाउने र बिषयबस्तु माथी गंम्भिर नभई आलटाल गरेको नगरपालिकाको बदनाम गर्ने गरि उतm किर्ते कार्य गर्ने कार्यमा  स्वयम नगर प्रमुखको संलग्नता देखिने संकाश्पद आधारहरु भेटिएकोले सिँगो नगरपालिका माथी वेईमानी गर्ने जो सुकैै भएता पनि यथा सिघ्र घटना संघ नाम जोडिएका ब्यतmीहरुलाई समेत जाहेरी दिन  र दोषी माथी कार्वाही गर्न जोडदार माग गर्दछौँ’।

सोही पत्रकार सम्मेलनमै सहभागी भई सम्मेलनमा बोल्दै नगरप्रमुख झबिलाल थापाले ले किर्ते गर्ने माथी कानुनी प्रकृया अगाडी बढाएको भन्दै सुचना दिन आलटाल नगरेको बुझाईमा फरक पर्न गएको बताए ।

नगरप्रमुख थापाले भने,‘पत्रको बारेमा सुरुमा हाकिम साव हुनुहुन्न पढेर सुनौ भनेर भने,भोलीपल्ट हाकीम साव आएपोछी लैजानु होला भनेको हु,नगरउपप्रमुख म संघ रिसाउनु भयो,अर्को दिन म प्युठान कामका लागी गएको थिए,प्रमुख प्रशासकिय अधिकृतले मलाई दिउँ कि नदिउ भनेर फोन गर्नु भो म नै दिनु भनेको थिए,मलाई नगरउप्रमुख संग पत्र खोस्यो भन्ने अनर्गल प्रचार गरियो,ब्यतmी ब्यतmी बिचको सम्वन्धमा तितmता ल्याउने काम गरियो,सिँगो नगरको अस्मिता माथी प्रश्न चिन्ह खडा गराउने,हामी बिचको सद्भावलाई विगार्ने,गरि सामाजिक संजालमा भ्रमाक कुरा प्रति मेरो आपती छ,अव सवै मिली सरकारलाई दवाव दिई अगाडी बढ्नु पर्छ’।

सत्यतथ्य छानबिन नगरी कार्यपालिकाको बैठक संचालन गर्न नदिने भन्दै सुचना गोप्य राख्दा झनझन समस्या बल्झीदै गएको वडा न १० का वडा अध्यक्ष खगेश्वर पन्थीले बताए । पत्रकार सम्मेलनको सहजीकण गर्दे वडा न ७ का वडा अध्यक्ष रामचन्द« ढुंगानाले आफुहरु कसैलाई फसाउ नखोजेको तर दोषिलाई पनि उम्मकन नदिने बताए ।

अध्यक्ष ढुगानाले भने,‘सभ्य र शिष्ट भाषाको प्रयोग गरौँ,अनाबश्यक बोल्न आवश्यक छैन्,बिधीको माग गरेका छौँ,हामी सामन्य नागरिकले समेत पाउने सुचना हामीहरुलाई समेत रोख्न रोज्ने,सुचना दिन नखोज्ने,गैह«जिम्मेवार बन्ने,सवै जिम्मेवार र जवाफदेही बनौँ’।

लामो समयदेखीका गतिबिधीले हामीहरुलाई झन रुष्ट बनाएको भन्दै कुनै पनि हालतमा दोषि उपर तुरुन्त गर्नुपर्ने वडा न ५ का वडा अध्यक्ष जयगोपाल श्रेष्ठले बताए ।

किर्ते प्रकरणमा सिमेन्ट कम्पनी बाट आरोपित नगर प्रभतmा एवम वडा न ४ का वडा अध्यक्ष बावुराम पन्थीले नगरप्रमुख लाई जानकारी गराई स्वास्थ्य उपचारका लागी केही दिन बाहिर गएको भन्दै आफु त्यस्तो किर्ते काममा कोही कतै संलग्नता नभएको त्यस्तो प्रमाण भेटिए जस्तो सुकै कार्वाही भोग्न पनि तयार भएको बताए ।

मेयर उपमेयर र कार्यापालिका सदस्य बिच आपसमा बिवाद र नागरिकको मुख्य सरोकावारका सवालमा नगरपालिका मै बिच बिवाद हुदाँ दैनिक काम कार्वाहीमा समेत प्रभावित भएकोले तुरुन्त  दोषि उपर कानुनी कार्वाही गरि नगरको नियमित काम कार्वाहीलाई अगाडी बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्