साथी बचत तथा ऋण सहकारी लि.द्वारा बाल शेयर सदस्य स्वगिय सक्षम महतको परिवार लाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण

| २०८० सावन १९ गते २३: ५६ मा प्रकाशित

अर्घाखाँची। साथी बचत तथा ऋण सहकारी  लि.ले आफ्नो शेयर  सदस्य न.२६८३ का बाल शेयर सदस्य स्वगिय सक्षम महतको परिवार लाई दुर्घटना बिमा बापत्को रु. एक लाख हस्तान्तरण गरिएको छ।

 २०६९ सालमा स्थापना गरिएको यस सहकारी लि. ले हाल सम्म विभिन्न घटना तथा दुर्घटनामा परेका २३ जना लाई चार लाख सात हजार भन्दा बढी बिमा  बापतको रकम हस्तान्तरण गरि सकेको छ , कुल ३३२३ सदस्य संख्या रहेको यस सहकारीको २२ करोड पुजि रहेकोमा १३ करोड ऋण लगानी छ भने बचत तर्फ १६ करोड ८० लाख तथा जगेडा कोषमा १ करोड ७ लाख रहेको उल्लेख गर्दै आफ्नो संस्थाका दीर्घरोगी लगायत अन्य बिपत तथा दुर्घटनामा परेका हरुलाई सहयोग गर्दै आइरहेको संस्थाका अध्यक्ष प्रकाश भुसालले बताएका छ्न।

 शुक्रवार संस्थाको आफ्नै कार्यालयमा आयोजित दुर्घटना बिमा बापतको रकम हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , सन्धिखर्क नगरपालिका वडा न.२ का वडा अध्यक्ष मोतिजङ रायमाझी  स्वगिय सक्षम महतका बुवा संगम महत आमा सरिता महत , पत्रकार महासंघका अध्यक्ष  अशोक खनाल पत्रकार श्याम घिमिरे संस्थाका पदाधिकारी सदस्य तथा कर्मचारी हरुको उपस्थित रहेको ।कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता तथा सचीव धर्मराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्