जिल्ला बुलेटिन

अर्घाखाँचीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि: ३ जना डिस्चार्ज

२०७८ असोज २१

श्याम घिमिरे,सन्धिखर्क।  असोज २१ -अर्घाखाँचीमा बिहिबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकामा १ जना, पाणिनी गाउँपालीकामा ६ जना रछत्रदेव गाउँपालीकामा १ जनागरी ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ३४ पुगेको छ ।