जिल्ला बुलेटिन

अर्घाखाँचीमा आज ४४ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किए: थप ७ जना संक्रमित थपिए

२०७८ असार २१

श्याम घिमिरे, अर्घाखाँची।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ३ जना, भुमिकास्थान नगरपालीकाबाट ११ जना,मालारानी गाउँपालीकाबाट ३ जना र छत्रदेव गाउँपालीबाट २६ जना गरी ४४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन ।