बझाङमा कार दुर्घटनाः मन्त्री सिंहकी पत्नी र भाउजूको मृत्यु,

मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज लगियो

| २०८० असार ५ गते १७: ०० मा प्रकाशित

बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अमृता र जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो।

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ।

दुर्घटनामा मन्त्री सिंह, उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशी पनि घाइते छन्। 

उनीहरूको उपचारको लागि हेलिकप्टरबाट नेपालगन्जमा पठाइएको छ।सेतो पाटि बाट साभार 

प्रतिक्रिया दिनुहोस्