कर्णालीका प्रदेशसभा सदस्य खड्का सवार गाडी दुर्घटना

| २०८० असार ९ गते १७: ३१ मा प्रकाशित

काठमाडौँ- कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो ।

रुकुम पश्चिमको चौरजहारी बजारबाट कोटजहारीतर्फ जाँदै गरेको वडा नम्बर–३ को माओवादी पार्टी कार्यालयनजिकै दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा परी समितिका सभापति खड्कासहित ७ जना घाइते भएका छन् ।


गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।रासस 

प्रतिक्रिया दिनुहोस्