माओवादी सांसदहरु भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुनैपर्ने

| २०८० असार १२ गते १९: २९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना दलका सांसदहरुलाई निर्देशन (ह्वीप) दिएको छ। 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि अनिवार्य संसद बैठकमा उपस्थित हुन र बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिनुभएको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् । 

असार १३ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्न दलको विधान र दलका नेता एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशअनुसार ह्वीप जारी गरिएको मुख्य सचेतकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्