१२ वर्षीया बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

| २०८० भदौ १२ गते १४: ४३ मा प्रकाशित

काठमाडौँ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ गरेको छ। तनहुँ प्रहरीले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ गरेको हो ।

ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।
द नेपालटप

प्रतिक्रिया दिनुहोस्