गुल्मीमा आगलागीबाट करिब ३५ लाख रुपैयाँ बराबरको क्षति

| २०८० कार्तिक २० गते १४: ४३ मा प्रकाशित

गुल्मी। गुल्मीमा किराना पसलमा आगलागी हुँदा ३५ लाखको क्षति भएको छ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्वर ७ चारपालामा टोपबहादुर बस्नेतको किराना पसलमा आगलागी हुँदा  दुई वटा मोटरसाइकलसहित अन्दाजी ३५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पसलमा एक्कासी आगलागी हुँदा जस्ताले छाएको दुई तले कच्ची घरसहित पार्किङ गरेर राखेका पल्सर मोटरसाइकल, हिरो होण्डाको मोटरसाइकल जलेर पूर्ण रुपमा क्षति भएको छ। यस्तै नगद दुई लाख रुपैयाँ, तीन तोला जतिको गरगहना लगायत खाद्यन्न, लत्ता कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

आगोलाई स्थानीयको सहयोगमा दमकल र प्रहरीले  नियन्त्रणमा  लिएको छ। आगालागीको कारण विद्युत सर्ट भएर हुन सक्ने अनुमान गरिएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। थाहा खबर 

प्रतिक्रिया दिनुहोस्