तिहारमा पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाँच रुपन्देहीमा प्रदर्शन गरिने

| २०८० कार्तिक २० गते १५: २१ मा प्रकाशित

बुटवल। हिन्दुहरुकाे दोस्रो महान चाड दिपावली (तिहार)को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाँच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) गरिने भएको छ।

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको माैलिकता झल्किने साँस्कृतिक भैली नाँच संचालन गर्न लागेको हो।

समाजको आइतबार बुटवलमा बसेकाे विस्तारित बैठकले पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाँच रुपन्देही जिल्लाका विभिन्न क्षेत्र खासगरी बुटवल आसपासका क्षेत्रमा संचालन गर्ने निर्णय गरेको हो।

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाज

बैठकले भैली नाँच संचालन गर्नका निम्तिका विभिन्न उपसमितिहरु निर्माण गरि तयारी समेत सुरु गरेको समाजका अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्