समाचार

पार्टी बलियाे भीडले हाेइन, विचारले हुन्छ : प्रचण्ड

२०७८ मंसिर २१

काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो पार्टीको ध्यान विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्नेतर्फ रहेकाे बताएका छन्। पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्।