समाचार

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

२०७९ फागुन १०

काठमाडौं । स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दायर गरेका हुन् । यो रिटको पेश १२ फागुनमा तोकिएको छ ।