समाचार

सम्बन्धविच्छेद : नयाँ जीवनको सुरुवात

२०७९ पौष १८

काठमाडौं । अमेरिकी लेखक तथा पत्रकार जेनिफर वेनर सम्बन्धविच्छेदलाई त्यस्तो दुःखद् घटना मान्दिनन् । ‘जति पीडा कुनै वैवाहिक सम्बन्धमा रहिरहनुमा र व्यावहारिक रूपमा आफ्ना सन्तानलाई प्रेमबारे झुटो कुरा सिकाइरहनुमा हुन्छ, त्यति दुःखद् सम्बन्धविच्छेद हुँदैन,’ उनको भनाइ छ, ‘सम्बन्ध विच्छेदबाट मानिसको जीवन अन्त्य हुँदैन, बरु नयाँ सुरुवातको ढोका खुल्छ ।’