प्रेस युनियनकाे केन्द्रीय सदस्यमा घनश्याम पाैडेलकाे उम्मेदवारी घाेषणा

| २०७९ असार २४ गते १८: २७ मा प्रकाशित

अर्घाखाँची, २४ असार । पटकपटक मिति घोषणा गरिएपनि बिगत ५ बर्ष देखि निर्धारित समयमा हुन नसकेको लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अन्ततः यहि श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने निश्चित भएको छ ।  मिति घोषणा भएसगै महाधिवेशनको रौनक छाएको छ ।

नेपाल प्रेस युनियनकाे केन्द्रीय सदस्यमा घनश्याम पाैडेलले उम्मेदवारी घाेषणा गरेका छन् । विगत ८ वर्षदेखि अर्घाखाँचीमा रहि पत्रकारितामा आवद्व पाैडेल २३ वर्षिय हुन ।

 अर्घाखाँचीमा नेपाल प्रेस युनियनकाे कार्यसमिति सदस्य, पत्रकार महासंघकाे जिल्ला सदस्य, नेपाली काँग्रेस जिल्ला कार्य समिति अर्घाखाँची प्रकाशन तथा प्रचारप्रसार विभागकाे सदस्य रहि काम गरेका पाैडेल राष्ट्रिय, प्रादेशिक तथा स्थानीय मिडियामा आवद्व छन्। 

काराेवार दैनिक, Galaxy Tv, दैनिकपत्र दैनिक, हिन्दुखबर डटकम, एविसि टेलिभिजन, Ap1 टिभि लगाएतका दर्जनाै मिडियामा काम गरेका पाैडेलले केन्द्रीय सदस्यका लागि दाैडधुप बढाएका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका पौडेल श्रमजीवी पत्रकारहरुको सुचिमा सबल,सक्षम, निडर र कुशल पत्रकारको छवि बनाएका छन । पौडेल दर्जनौ सस्था बाट सम्मानित भएका देशमै कान्छा उम्मेदवार हुन ।

प्रतिक्रिया दिनुहोस्