सामाजिक अभियन्ता अविजित पन्थी द्वारा जन्मदिनको अवसरमा SSSFN मार्फत अनाथलाई गरे सहयोग

| २०७९ फागुन ३ गते २०: १३ मा प्रकाशित

कमला घिमीरे अर्घाखाँची। सामाजिक अभियन्ता अविजित पन्थीले विगतका वर्ष जस्तै यस वर्ष पनि जन्मदिनमा सहयोग गरेका छन्।उनी अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं सात घर भई हाल बुटवल बस्दै आएका पन्थी समाजको लागि चाहिने असल चेलाको रूपमा स्थापित गराउँदै आएका छन्।

मिति २०७९/११/०२ गतेउनले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवा समुह फाउन्डेसन नेपाल मार्फत अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवि अनाथ आश्रममा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्। अविजित पन्थी र SSSFN को सहकार्यमा बालबालिकालाई भोजन समेत गराएका छन्। उक्त कार्यक्रम SSSFN का बुटवल शाखा सचिव मदन सम्राट पोख्रेलले सञ्चालन गर्नु भएको थियो।

मन्तब्य राख्ने क्रमममा पन्थीले भने आफू जीवन भर समाजको लागि नितान्त रूपमा तल्लीन भएर समाज सेवामा लाग्ने बताए।आफूले जे जति प्रगति गरेपनि सेवा नगरे पुण्य प्राप्त नमिल्ने र आफूलाई सन्तुष्टि प्राप्त नहुने र सन्तोष परम् सुखम् तब मात्र प्राप्ति हुन्छ जब दुःखि अनाथ र असहायको लागि केही योगदान गरिन्छ।भनेका छन्।

अनाथलाई सहयोग

सामाजिक सेवा समूह फाउण्डेशन नेपालले पनि भ्यालेन्टाइन्स डेको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेको थियो उक्त कार्यक्रम बुटवल शाखा अध्यक्ष रोहित वाग्लेले मन्तब्य राख्दै समापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्