पणेनाका वडा सदस्य सहित ४ जनाको जिप दुर्घटनामा मृ'त्यु भएपछी भोलि मंगलबार पाणिनीमा शोक विदा

| २०८० जेठ २२ गते १९: १२ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची ।
२२ जेठ । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाले भोलि मंगलबार शोक विदा दिने भएको छ । सोमबार साझपख पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

१० जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले गाउँपालिकाका शोकमग्न रहेको बताउँदै शोक विदा दिएको बताए । प्रप्रअ भुसालले दुर्घटनामा परि मृत्यु भएको खबरले दुस्खीत भएको बताउँदै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् । पाणिनि गाउँपालिका वडा नं. १ पणेनाका वडा सदस्य ३७ वर्षिय विजय पोखरेल९कृष्णप्रसाद० सहित मृत्युु भएका ४ जनानै पाणिनिका हुन् । पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतमको मृत्युु भएको छ ।

परियार, विक र गौतमको घटनास्थलमा साथै दुई वर्षीय संयोग र पोखरेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सीता र संयोग आमा छोरा हुन् । भोलि गाउँपालिका मातहतका सबै कार्यालय, शिक्षण संस्था बन्द हुने पाणिनि गाउँपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्