छत्रदेव गाउँपालिकाको ठूलापोखरामा आगामी शनिबार नि:शुल्क आँखा शिविर हुँदै

| २०८० जेठ २४ गते २१: ५२ मा प्रकाशित

कमला घिमिरे पाणिनी। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ ठूलापोखरामा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । अर्घाखाँची ठूलापोखरा सम्पर्क समाज रुपन्देहीको आयोजनामा जेठ २७ गते अर्थात आगामी शनिबार नि: शुल्क आँखा शिविर हुने भएको हो । 

आगामी शनिबार ठूलापोखरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आँखा शिविर सञ्चालन हुने वडाध्यक्ष कमल पौडेलले जानकारी दिए । वडाध्यक्ष पौडेलका अनुसार शिविर बिहान ८ बजे सुरु हुनेछ । 

वडाध्यक्ष पौडेलले विशेषज्ञहरुको उपस्थितिमा हुने  बृहत आँखा शिविर हुन लागेको बताउँदै सबै वडावासीलाई सहभागी भई मौकाको फाईदा उठाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्