पाणिनीको अड्गुरीमा अन्तर वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता, जनसेवा मा.वि. प्रथम

| २०८० जेठ २५ गते २१: ३१ मा प्रकाशित

कमला घिमिरे, पाणिनी।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र पाणिनी पत्रकार समाज नेपालको आयोजनामा आज अन्तर वडा स्तरीय आधारभुत तह १ ५ अन्तरगतको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा जनसेवा माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । यस्तै विदा विनोद माध्यमिक विद्यालय द्धितिय र भगवति आधारभुत विद्यालयले तृतिय स्थान प्राप्त गर्न सफल भएका छन् । विजेता सहभागिहरुलाई क्रमश ७ हजार ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

वडाभित्र रहेका कम्तिमा कक्षा १ देखि ५ कक्षा सम्म चलेका ५ वटा विद्यालय सहभागि रहेको कार्यक्रम विद्याविनोद माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रम पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानीको सभापतित्व र पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेका प्रमुख आतिथ्यमा संचालन भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य कमल प्रसाद घिमिरे, वडा न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारी बिशिस्ट अतिथि रहनुभएको थियो । कार्यक्रमका अतिथिहरुमा वडा कार्यलयका सचिव कमल प्रसाद न्यौपाने, वडा सदस्यहरु कल्पना बिक, बिन्दु घर्ती, प्रेम थापा , शिवमदन माध्यमिक विद्यालयका ब्यावस्थापन समिति अध्यक्ष तुल्सीराम पौडेल, शिक्षकहरु धुबराज सुबेदी, सुर्य बहादुर बिश्वकर्मा, इन्दिरा थापा, राधा कुमारी सारु, माधव बेल्बासे लगायत रहनुभएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै वत्ताहरुले शिक्षा क्षेत्रका लागि प्राथमिकता दिदै यस्ता कार्यक्रम गर्दा विद्यार्थीहरुमा स्वस्थ प्रतिस्प्रधाको भावना विकास हुने भन्दै यस्ता कार्यक्रमहरु कम्तिमा वर्षमा ३ ४ पटक गर्न हुनुपर्ने बताएका थिए ।

शिक्षा क्षेत्रमा गरेको लगानि खेर नजाने भन्दै कार्यक्रम आयोजनालाइ सकारात्मक विष्लेषण गर्दै निरन्तरताका लागि समेत शुभकामना र सुझाव दिएका थिए । कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने वडा कार्यालय तथा वडा समिति र आयोजक संस्थालाई विशेस धन्यवाद दिएका थिए । सिर्जनशिलता विकास हुने खालका कार्यक्रमहरुले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुनेमा समेत बक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रम पत्रकार कमला घिमिरेको स्वागत मन्तव्य र भिम कौशलको संचालन मा सम्पन्न भएको हो । कार्यक्रममा समाजको तर्फबाट रुक्मागत भट्टराई, कमला परियार र घनश्याम भट्टराइृ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्