पाणिनी गाउँपालिका मैदानमा एक महिने सुचना प्रविधी आईसिटी तालिम सम्पन्न

| २०८० जेठ २७ गते २२: ५१ मा प्रकाशित

कमला घिमिरे,पाणिनी।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका मैदानमा वडा कार्यालयको वार्षिक कार्यक्रम अन्र्तगत सञ्चालन भएको एक महिने सुचना प्रविधी आईसिटी तालिम समापन भएको छ ।

तालिमको समापन गर्दै पाणिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर खनालले प्रविधीको विकाससँगै प्रविधी सिकाई सम्बन्धी तालिम प्रभावकारी भएको बताए । उनले शिक्षक, विद्यार्थी सबैले कम्प्युटर शिक्षा सिक्नुपर्ने अहिले समयको माग भएको बताए ।

पाणिनी गाउँपालिकाले आगामी वर्षको निती तथा कार्यक्रममा पनि प्रविधीमैत्री सिकाईलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए । पाणिनी-५ का वडा अध्यक्ष इन्द्रमणि घिमिरले कम्प्युटर सिकाई तालिमको सुरुवात चालु आर्थिक वर्षबाट गरेको बताउँदै आगामी वर्षमा पनि निरन्तरता दिने बताए । कम्प्युटर सिकाई तालिमबाट सिकेको ज्ञान विद्यार्थीहरुलाई पनि सिप सिकाउन आग्रह गरेका छन् ।

कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्रअ जिवलाल पोख्रेल, कृष्ण माविका प्रअ टेकनारायण गैरे, तालिममा सहभागीहरु नारायण गैरे, खगेन्द्र घिमिरे, भक्तबहादुर रेश्मी, माया खनाल लगाएतले तालिम प्रभावकारी भएको बताए । समापन कार्यक्रम भानु माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिलाल भट्टराईको अध्यक्षता, प्रशिक्षक कृष्ण गैरेको स्वागत र घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्